|
फाइल तस्वीर

विराटनगर : कोशी प्रदेशसभाको आज (बुधवार) बसेको बैठकमा ‘कोशी प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ।

छलफलमा कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, खड्गबहादुर बस्नेत र गीतादेवी रेग्मीले धारणा राखेका थिए।

सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जवाफ दिँदै सरकारले उपयुक्त ठानेर यो विधेयक ल्याएको बताए।

विशेष समय

नेकपा एमाले संसदीय दलका तर्फबाट कोशी प्रदेशसभा सदस्य तिलकुमार मेयाङ्बोले सबै सम्भावना भएका पहाडी जिल्लाबाट हुने गरेको बसाइँसराइ रोक्न सरकारले ठोस योजना बनाउनुपर्ने माग गरे। 

उनले वातावरण, ऊर्जा, फलफूल र तरकारी खेतीको प्रचुर सम्भावना रहेको यो क्षेत्रबाट मानिसहरु बसाइँसराइ गर्नाका कारण शिक्षा र स्वास्थ्य भएकाले यसतर्फ सरकारले ध्यान दिई गुणस्तरीय शिक्षा र स्वास्थ्य संस्थाको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

नेकपा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बूले भाषा आयोगले कोशी प्रदेशका लागि कामकाजको भाषा मैथिली र लिम्बू कायम गर्न दिएको सुझावअनुसार यस प्रदेशका लागि तयार भएको विधेयकको मस्यौदा सदनमा पेश गर्न माग गरे।

राप्रपा संसदीय दलका प्रेमराज थाम्सुहाङले सरकारले आम नागरिकलाई रोजगार, शिक्षा र स्वास्थ्यका कार्यक्रम ल्याउन माग गरे। 

शून्य समय 

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य कमला दर्नालले प्रदेशसभामा सभामुखको व्यवस्था होस् भनिन्। अर्का सदस्य गीतादेवी रेग्मीले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयन गर्न पिछडावर्गको हितमा काम गर्नुपर्ने धारणा राखिन्।

प्रदेशसभाको अर्को बैठक यही मंसिर २४ गते दिउँसो १ बजे बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.