|

काठमाडौं : गैह्रआवासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय समितिको सचिवमा एनआरएनए माल्टाका पूर्व अध्यक्ष एवं आइसीसी सदस्य भुवन अर्याल मनोनित भएका छन्। 

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान २००३ अनुसार अर्याललाई सचिवमा मनोनित गरिएको युरोप क्षेत्रीय संयोजक डाक्टर चिरञ्जिवी खड्काले जानकारी दिए। 

क्षेत्रीय समितिको बैठकले अर्याललाई सचिव चयन गरेको हो। एनआरएनए अभियानमा सक्रिय अर्यालले पदको गरिमा कायम राखेर काम गर्ने बताएका छन्। 

युरोपमा नेपाली समुदायको उपस्थिति बाक्लो भइरहेकाले सबैको हक अधिकार र एकता कायम गर्न सचिवका रुपमा आफुले भुमिका खेल्ने अर्यालले बताए। प्रवासी नेपालीको साझा थलो एनआरएनएलाई विशुद्ध नेपाल र नेपालीको हितमा प्रयोग गर्नका लागि आफु लागिपर्ने बताउँदै सचिव अर्यालले पछिल्ला समय अभियानलाई खलबल्याउने प्रयासप्रति सबै सजक हुनुपर्ने बताए। 

युरोपभर रहेका नेपालीको श्रम, शिप र लगानीबाट नेपालले पनि लाभ लिनुपर्ने बताउँदै समृद्ध नेपाल निर्माणमा एनआरएनएको भुमिका सशक्त बनाउन आफु लागिपर्ने अर्यालको भनाइ छ। युरोपमा रहेका नेपाली समुदायको हितमा काम गर्ने बताउँदै यो अभियानमा सबैले साथ दिनुपर्ने अर्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.