|

जापानमा एउटा अनौठो मन्दिर छ। छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो। 

जसलाई त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ। यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ।

सन् १२८५ मा बौद्धभिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो। सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो । त्यसबेला महिलाको अवस्था नाजुक थियो। 

उनीहरूसँग आधारभूत अधिकार पनि थिएन। त्यसका अतिरिक्त महिलामाथि विभिन्न खाले सामाजिक प्रतिबन्ध पनि लगाइएको थियो। त्यस्तोमा महिला आफ्नो विवाहमा खुसी हुन सक्दैनथे वा घरेलु हिंसाको सिकार हुन्थे। अनि महिलाले यस मन्दिरमा गएर शरण लिने गर्दथे।

त्यसबेला वैवाहिक सम्बन्ध विच्छेद हुनुलाई निकै गम्भीर विषयका रूपमा लिइन्थ्यो। पछि टोकिजी मन्दिरले वैवाहिक सम्बन्धमा प्रताडित भएका वा आफ्नो पतिसँग छुट्टिएर त्यहाँ गएर बस्न थालेका महिलालाई आधिकारिक रूपमा सम्बन्ध विच्छेदको प्रमाणपत्र दिन सुरु गर्‍यो। त्यसलाई सुफुकु जी भनिन्थ्यो। सो प्रमाणपत्र पाएसँगै महिला वैवाहिक बन्धबाट मुक्त हुने र कानुनी स्वतन्त्रता प्राप्त गर्दथे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.