|

युद्धविरामको पहल जारी रहेका वेला इजरायलले गाजामा आक्रमण बढाएको छ। हमास समूह इजरायली बन्धक रिहा गर्ने इजिप्ट र कतारको प्रस्तावमा सकारात्मक भएकै समयमा इजरायलले गाजाको रफाह शहरमा थप शक्तिशाली आक्रमण गरेको हो । 

इजरायलको वार क्याबिटेनले शान्तिा वार्तामा पनि बस्ने र रफाहमाथि आक्रमण पनि जारी राख्ने निर्णय गरेसँगै त्यहाँ लडाकु विमानबाट बमबारी भइरहेको छ। यसअघि इजरायलले रफाहमा आक्रमण गरेको थिएन। 

इजरायली आक्रमणमा गएराति रफाहका ठूला संरचना ध्वस्त भएको र कयौँ मानिस मारिएको एजेन्सीले जनाएका छन्। आक्रमण भएका क्षेत्रबाट कम्तीमा १२ जनाको शव निकालिएको छ। 

यसअघि इजरायलले रफाहमा आक्रमण गर्न लागेको भन्दै त्यहाँका बासिन्दालाई घर छड्न चेतावनी दिएको थियो। सोमबार गाजामा एक इजरायली क्याम्पमा हमास लडाकुले गरेको रकेट आक्रमणमा तीन इजरायली सैनिक मारिएका थिए। ७ अक्टोबरयता गाजामा इजरायलले जारी राखेको आक्रमणमा ज्यान गुमाउनेको संख्या ३५ हजार हाराहारी पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.