|

काठमाडौँ : नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन्।

मंगलवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी माघदेखि आगामी आवको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको काम सरकारले अघि बढाउने बताए। मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र संघीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आग्रह गरे।

उनले १६ औं योजनाको दस्तावेज पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए। मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरूको ध्यानाकर्षण गराए।

उनले भने, ‘माघदेखि हामी नयाँ बजेटको तयारीमा लाग्छौं। सरकारको नयाँ नीति तथा कार्यक्रम आउँछ। १६ औं योजनाका लागि सुझाव दिइयो भने त्यसलाई राष्ट्रिय योजना आयोगले समेट्नेछ। हामीलाई नीति तथा कार्यक्रममा र अर्थ मन्त्रालयलाई बजेटमा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संघीयता कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन सकिन्छ।’

मुख्यसचिव अर्यालले संघीयतासम्बन्धी कानून निर्माणको काममा सरकार लागे पनि सोचेअनुसार काम हुन नसकेको स्विकारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.