|

काठमाडौँ : काठमाडौँमा नाटक ‘नासो’ मञ्चन हुने भएको छ। कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक ‘नासो’ यही पुस ४ गतेदेखि मञ्चन हुने भएको हो। नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाऊँमा पुस ७ गतेसम्म मञ्चन हुनेछ।

‘नासो’ प्रसिद्ध कथाकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। मैनालीको बहुचर्चित कथासंग्रह नासोमा संगृहित चर्चित ११ कथामध्ये ‘नासो’ कथा उत्कृष्ट मानिन्छ। 

नेपाली समाजका समसामयिक विषयमाथि कटाक्ष गरिएको उक्त नाटकमा घरको कलहले बालबालिकामाथि पर्ने असरको दृष्टिगोचर गर्ने बताइएको छ। यो नाटकले नेपाली समाज र बालबालिकाको मनोविज्ञान नजिकबाट बुझ्न अझ सहज हुने जनाइएको छ। 

सदभाव थिएटर- नेपालले शुरूवात गरेको ‘शिक्षाका लागि रङ्गमञ्च’ अभियानलाई निरन्तरता दिँदै कोलम्बस इन्टरनेशनल स्कुल मालीगाउँको सहकार्यमा नाटक ‘नासो’ यही पुसको पहिलो साता मञ्चन गर्ने भएको हो। 

नाटकमा नुबु शेर्पा, क्रीशा बरूवाल, सौगात कक्षपति, साइना स्याङ्ताङ्, युक्ती थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी‚ सेजल काफ्लेलगायतको अभिनय रहनेछ। 

कथाको नाट्य रूपान्तरण तथा निर्देशन राम के.ए.सी.ले गरेका छन् भने सह-निर्देशन किरण चापागाईंको रहेको छ।

४ दिनका लागि विशेष मञ्चन हुन लागेको यस नाटकको अवलोकनको लागि बुकिङ खुल्ला भइसकेको छ। दर्शकहरूका लागि समेत टिकट बिक्री खुल्ला गरिएको उक्त नाटकको टिकट दर ३०० र ५०० रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.