|

काठमाडौं :  दक्षिण अफ्रिकाले वर्षा प्रभावित दोस्रो टी–ट्वेन्टी आईमा भारतलाई ५  विकेटले पराजित गरेको छ।   योसँगै तीन खेलको सिरिजमा घरेलु टोलीले १–० को अग्रता लिएको छ। 

सेन्ट जर्ज पार्कमा टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ गर्ने निर्णय गरेको थियो। भारतले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ८० रन बनायो। 

खराब सुरुवात गरेको भारतले टिमको स्कोर ६ रन हुँदा दुवै ओपनर गुमाएको थियो। यसस्वी जैसवाल र शुभमन गिलले खाता खोल्न सकेनन्। तिलक बर्मा २९ रनमा मैदान बाहिरिए।

सूर्यकुमार यादव र रिंकु सिंहले अर्ध शतक प्रहार गर्दै इनिङस सम्हाले। कप्तान सूर्यकुमारले ५६ रनको योगदान गरे। रिंकु ३९ बलमा ६८ रन जोड्दै अविजित रहे। उनको टी–ट्वेन्टी आईको यो पहिलो अर्धशतक हो। रविन्द्र जडेजाले १९ रन जोडे। दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जीले तीन विकेट लिए।

दोस्रो इनिङसमा वर्षा भएपछि दक्षिण अफ्रिकाले १५ ओभरमा १ सय ५४ रनको नयाँ लक्ष्य पाएको थियो। जुन उसले १३ ओभर ५ बलमा ५ विकेटको नोक्सानीमा पूरा गर्‍यो। रेजा हेन्डरिक्सले ४९, ऐइडन मारक्रमले ३० रन बनाए। मुकेश कुमारले दुई विकेट लिए। पहिलो खेल वर्षाका कारण टस नै नभइ रद्ध भएको थियो। तेस्रो खेल भोलि हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.