|

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन्।

बिहीवार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योगमन्त्री रिजालले यस्तो बताएका हुन्। उनले हस्तकला व्यवसायीलाई सरकार सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

मन्त्री रिजालले हस्तकलाका वस्तुले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए। उनले नेपाली हस्तकला क्षेत्रले हस्तकला वस्तुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको दाबी गरे।

उनले भने, ‘नेपाली हस्तकला क्षेत्रले हस्तकला वस्तुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्नुका साथै अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान एवं गरिमालाई उच्च राख्न पुर्‍याएको योगदान प्रशंसनीय छ। हस्तकला क्षेत्रले नेपालको आर्थिक र सामाजिक विकासको साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपाल व्यापार रणनीति २०८० ले हस्तकलाका सामग्रीलाई उदीयमान तथा भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रूपमा सम्बोधन गरेको छ।’

उनले सरकारले हालै स्वीकृत गरेको नेपाल व्यापार रणनीति २०८० ले हस्तकलाका सामग्रीलाई भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रूपमा सम्बोधन गरेको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.