|
फाइल फोटो

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम सामान्यतया सफा छ। 

पश्चिम तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

तराईमा हुस्सु र कुहिरो र अन्य भागमा चिसोका कारण जनजीवनमा पर्नसक्ने असरबाट बच्न सतर्कता अपनाउन समेत महाशाखाले सुझाव दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.