|

काठमाडौं : गायक रोशन बालुवा र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘मायाकै संसार’ सार्वजनिक भएको छ।

शब्द लेखु सहयात्री रहेको गीतमा संगीत रोशन  आफैंले गरेका छन्। मदन खडकाले निर्देशन गरेको उक्त गीतको भिडियोमा उषा उप्रेती र दिनेश तामाङको अभिनय रहेको छ।

करन चैसिरको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्। भिडियो ओएस आर डिजिटलको युटुयूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.