|

काठमाडौं : आज पुस १ गते। प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन। 

आजको दिनलाई कालो दिवसका रुपमा स्मरण गर्ने गरिन्छ। विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गरेका थिए।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो। यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो। 

पुस १ गते नेपाली कांग्रेसको भातृ संस्था तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.