|

काठमाडौँ : १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि जित्न बंगलादेशले घरेलु टोली यूएईसामु २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुबई अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर घरेलु टोलीले पहिले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनायो।

बंगलादेशका लागि आशिकुर रहमान शिब्लीले शतकीय पारी खेल्दै सर्वाधिक १२९ रनको योगदान गरे। चौधरी मोहम्मद रिजवानले ६० तथा अरिफुल इस्लामले ५० रनको योगदान गरे। कप्तान महफुजुर रहमान रब्बीले २१ रन जोडे।

२८३ रनको लक्ष्य पाएको यूएईले जवाफी ब्याटिङ थालेको छ। सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै यूएई फाइनलमा पुगेको हो भने बंगलादेश भारतलाई हराउँदै फाइनलमा पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.