|

पोखरा : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पोखरामा सञ्चालन गरेको ध्वनी, नाट्यशास्त्र र प्रकाशसम्बन्धी ८ दिने कार्यशाला सम्पन्न भएको छ।

२२ जना प्रशिक्षार्थी रहेको कार्यशालामा नाटकका लागि उपयुक्त ध्वनी‚ प्रकाश (लाइटिङ) का साथै नाटकका बारेमा प्रशिक्षण दिइएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन्।

प्रशिक्षार्थीहरुलाई स्वामी विवेकान्द सांस्कृतिक केन्द्रकी निर्देशकसमेत रहेकी काठमाडौँस्थित भारतीय दूतावासकी फर्स्ट सेक्रेटरी डा. आसावरी बापट, निर्देशक तथा अभिनेता अनुप बराल र प्रतिष्ठानकी कुलपति शर्माले प्रशिक्षण दिएका थिए।

पोखरास्थित पोखरा थिएटरमा कार्यशाला आयोजना गरिएको थियो भने पोखराका सहित वरिपरिका जिल्लाका नाट्यकर्मीहरुले प्रशिक्षण लिएको निर्देशक बरालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.