|

 माछा  बिक्रेताको हत्याको विरोधमा पाकिस्तानको कराँचीको माछा बन्दरगाहमा विरोध प्रदर्शन  भएको छ।

समाचारहरूका अनुसार बन्दरगाहमा छुरा प्रहार गरी मारिएका बिक्रेता सद्दाम हुसैनको अन्त्येष्टिपछि उनका आफन्तले विरोध प्रदर्शन गरेका थिए ।

 प्रदर्शनकारीहरूले  अपराधीहरूले माछा बजारमा सुरक्षाकर्मीकै मिलेमतोमा पैसा उठाउने गरेको र भुक्तानी गर्न अस्वीकार गर्नेहरू हिंसाको शिकार हुने  गरेको आरोप लगाएका छन्।

 ‘अपराधीलाई प्रहरी र माछा बजार प्रशासनको संरक्षण छ’, उनका एक आफन्तले आरोप लगाए । हत्याको विरोधमा माछा बन्दरगाहमा हडताल गरिएको थियो । प्रशासनले शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.