|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल सेयर खरिद–बिक्री प्रकरणमा आफ्नो परिवारलाई जोड्नु संविधान र लोकतन्त्रमाथिकै हमला भएको टिप्पणी गरेका छन्। 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई डिप्रेस्ड गराएर व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको बताए। 

‘गिरिजाबाबुले धमिजा काण्डमा गरेकोभन्दा प्रचण्डले एनसेल काण्डमा ४ सय ८० गुणा बढी भ्रष्टाचार गरेको छ भनेर मलाई जोडिएको छ । साँचो भएको भए त म बाँच्न नसक्ने हुन्थ्यो । झुटो भएकोले म ढुक्क छु जति भने पनि सावित हुनेवाला छैन।’ प्रचण्डले भने, ‘मेरो परिवारका सदस्य घट्दै गएर तीनजना छौं। एउटा (रेनु दाहाल) भरतपुर महानगरको मेयर छ, ऊ उतै बढी केन्द्रित हुन्छ। एउटा छोरी (गंगा दाहाल) छ विचरा त्यो कस्ति छ तपाईंहरुले थाहा पाउनु भएकै छ । उसलाई जोडेर बनाएको छ, उचालेको छ । यो संविधान, व्यवस्था, लोकतन्त्र र गणतन्त्रविरुद्धको हमला हो । एकथरीलाई प्रचण्डलाई नराम्रोसँग हिनताबोध र डिप्रेस्ड बनाएसम्म  व्यवस्था उल्टाउन सकिँदैन भन्ने छ ।’

बैठकमा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नताको विषय जोडेर प्रश्न सोधेका थिए। 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.