|

जारी इजरायल–हमास द्वन्द्वले गाजा पट्टीमा चिडियाखानाका जनावरहरू पनि प्रभावित भएका छन्। गाजाको दक्षिणमा रहेको रफाह शहरमा चिडियाखानालाई इजरायली हवाई आक्रमणले क्षति भएको बताइएको छ।

इजरायली सेनाले चिडियाखानको नजिकै गरेको आक्रमणका कारण जनावरहरु त्रस्त रहेको चिडियाखानाका एक व्यक्तिले बताए। आक्रमणको डरले एउटा चिम्पान्जी अड्किएको र अरु पनि त्रस्त अवस्थामा पाएको उनको भनाइ छ। अक्टोबर ७ देखि गाजामा आक्रमण जारी छ।

यस्तै,  गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ। अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन्।

यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ। गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.