|

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताएका छन्।

मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन्।

आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे। उनले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे। उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै् मोरङको पथरी शनिश्चरेको सुकुम्बासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने समेत बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.