|

कास्की : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्।  

अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि त्यसकाे खाेया प्रहार गरेका प्रहरीले जनाएको छ।

लामिछानेले बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको थियो। रानाभाटमाथि अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख, एसपी मोहनबहादुर थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.