|

काठमाडाैँ : लुम्बिनी प्रदेश सरकारले दुई मन्त्री थप गर्ने भएको छ। मन्त्रीको नाम टुंगो लागिसकेको र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ। 

प्युठानबाट सांसद बनेका कांग्रेसका सरोज थापा र बाँकेबाट सांसद बनेकी माओवादीकी कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए। 

दुबैजनालाई आइतबार  शपथग्रहण गराइने कार्यक्रम तय भएको छ। केसीलाई खानेपानी र थापालाई पर्यटनमन्त्री बनाइने भएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.