|

काठमाडौं :  विभिन्न टेलिभिजन रियालिटी सोमा  ब्यस्त नायिका प्रियंका कार्की पुनः म्युजिक भिडियोमा देखिन थालेकी छिन एक हप्ता अगाडि हरिवंश आचार्यको मानव बेचबिखनविरुद्धको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘मायालु’ को  भिडियोमा नायिका प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएकी छिन। भिडियोमा प्रियंका सहदेव चन्दसँग नवरुपमा प्रस्तुत भएकी हुन्। कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ। 

रोमन मार्सको सिनेमाटोग्राफी र सुप्रीम पराजुलीको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.