|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अहिले ठूलो आर्थिक सम्भावनाको नजिक रहेको दाबी गरेका छन् । 

आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी दिन राष्ट्रको नाममा सम्बोधन गर्दै उनले जलविद्युत निर्यातका कारण यो अवस्था बन्दै गएको दाबी गरे। 

‘गम्भीर भएर सोचौं त, देशले हरेक वर्ष ५ खर्बको बिजुली निर्यात गर्न र त्यति नै बराबरको आयात प्रतिस्थापन गर्न सक्दा अरू विकसित देश सरह हुन हामीलाई कति नै वर्ष लाग्ला र ? निराशावादीहरुलाई सोध्न चाहन्छु । हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक यसअघि कहिल्यै थियो र ?’ उनले भने, ‘बिजुलीको उज्यालो देशकै उज्यालो बन्ने दिशाामा छ । यो लोकतन्त्रको उपलब्धि होइन र ? अब ठूला गमे चेन्जर योजनामा लगानी बढाउने सरकारको योजना छ ।’ 

वर्षायाममा पनि विद्युत आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्न सक्ने अवस्थामा पुगेको भन्दै उनले अब छिट्टै सिंगो देश उज्यालो बन्ने दाबी गरे। 

एक वर्षको अवधिमा ५४१ मेगावाट बिजुली उत्पादन थपिएको भन्दै प्रचण्डले भने, ‘तर म सन्तुष्ट छैन । यो संभावना अनुसार उपलब्धि सानै हो । १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यका साथ भारतसँग सम्झौता भएको छ ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.