|

चन्द्रौटा : चन्द्रौटामा हुन लागेको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ चन्द्रौटाको आयोजनामा पुस १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको हो।

शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्ने मुख्य उद्देश्यले आयोजित महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राह्यता दिने आयोजकले जनाएको छ। बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

मेलामा बाल उद्यान, झुला तथा कृषिजन्य उत्पादनहरू मेलास्थलबाट सहजै अवलोकन गर्न सकिने आयोजक संस्थाका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताए। अहिले महोत्सवमा स्टल निर्माण, आकर्षक गेट, बाल उद्यानको काम अन्तिम चरणमा पुगेको पाण्डेले बताए।

महोत्सवमा धार्मिकस्थल शिवगढी मन्दिर आकृतिको मूल गेट र मायादेवी मन्दिर आकृतिको सचिवालय निर्माण गरिएको छ। महोत्सवले यस क्षेत्रको आर्थिक चलायमान हुनुका साथै धार्मिक तथा पर्यटकीय स्थल अवलोकन गर्न सकिने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अलि मियाले बताए।

मेलामा १८० वटा स्टल रहेका छन्। १ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको कारोबार हुने अनुमान गरिएको छ। विकासको पूर्वाधार आन्तरिक उत्पादन उद्योग र व्यापार भन्ने मूल नाराका साथ शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने मुख्य उद्देश्यले रहेको छ। महोत्सवमा राष्ट्रिय तथा ख्यातिप्राप्त कलाकारहरूले मनोरञ्जन प्रदान गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.