|

काठमाडौं : नेकपा एमालेले एक साताभित्र राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ। 

केन्द्रीय कार्यालयले खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एकजना महिलासहित तीनजनाको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। 

माघ ११ मा १९ राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा एमालेका १७ सांसदमध्ये नौ सांसदको पद रिक्त हुँदै छ।

यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एमाले आठ सांसदमा मात्र सीमित हुनेछ । गठबन्धन भत्काउन असफल भए एमालेले ती सिट संख्या यो चुनावबाट गुमाउने सम्भावना प्रबल छ ।

एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि सकिँदै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.