|

काठमाडौं :  इङ्लिस प्रिमियर फुटबलमा वेस्टह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ। ​गएराति सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो।

वेस्टह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए।

वेस्टहाम युनाइटेडको यो १०औं जित हो। यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्ट ह्याम छैटौं स्थानमा उक्लिएको छ।

त्यस्तै आर्सनलले भने यो हारपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। यो यस सिजनमा आर्सनलको तेस्रो हार हो। १९ खेलमा ४० अंकसहित आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ। लिभरपुल १९ खेलमा ४२ अंकसहित स्पष्ट २ अंकको अग्रतासहित शीर्ष स्थानमा रहेको छ।

गएराति नै भएको अर्को खेलमा ब्राइटनले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको छ।  ब्राइटनको जितमा जोआओ पेड्रोले २ गोल गरे भने ज्याक हिन्शेलवूड र पेर्भिस एस्तुपिनानले एक एक गोल गरे।

त्यसैगरी टोटनह्यामका लागि अलेजो भेलिज र बेन डेभिसले एक एक गोल गरेका थिए।

यो ब्राइटनको यस सिजनमा आठौँ जित हो। यो जितपछि ब्राइटन १९ खेलमा ३० अंकसहित आठौँ स्थानमा उक्लिएको छ। टोटनह्यामको भने यो यस सिजनमा पाँचौं हार हो। १९ खेलमा ३६ अंक रहेको टोटनह्याम लिगको पाँचौं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.