|

काठमाडौं : संयुक्त राष्ट्र संघले इजरायलले गाजासहित वेस्ट बैंक क्षेत्रमा पनि गम्भीर मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको छ। 

वेस्ट बैंकमा इजरायलले गिरफ्तारी, हत्या तथा मानव अधिकार उल्लंघनको शिलशिला चलाएको राष्ट्र संघको आरोप छ। साथै राष्ट्र संघले इजरायललाई गैरकानूनी हत्या रोक्न आग्रहसमेत गरेको छ।  संयुक्त राष्ट्रसंघीय मानव अधिकार मामिलाका प्रमुख वोल्कर टर्कले इजरायलले सैन्य शक्तिको अनियन्त्रित प्रयोग गरेको बताए। 

यसैबीच इजरायलले मध्य गाजामा स्थलगत आक्रमणलाई तीव्रता दिएको छ। यसअघि दक्षिण गाजाबाट स्थानीयहरुलाई हटाएर स्थलगत तथा हवाई आक्रमण गरी खण्डहर बनाएको इजरायलले मध्य गाजामा शरणार्थी शिविरमा प्रवेश गरी आक्रमण गरेको छ। जसका कारण शिविरमा रहेका झण्डै एक लाख ५० हजार मानिस जबरजस्ती विस्थापित भएका छन्। 

जारी आक्रमणमा गाजामा दैनिक ३ सयको हाराहारीमा मानिसको मृत्यु भइरहेको छ । ७ अक्टोबर यता गाजामा मृत्यु हुनेको संख्या साढे २१ हजार पुगेको छ। 

जसमध्ये झण्डै १० हजार बालबालिका मात्रै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.