|

काठमाडौं : मुलुकको राजधानी काठमाडौं र प्रमुख सहरमध्येको एक पोखरालाई मुलुकका अधिकांश भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडकमा प्राय समस्या आइरहनु कुनै नौलो कुरा होइन। कहिले पहिरोले रोकिएर त कहिले सडक स्तरोन्नतिका नाममा हुने अवरोधले यात्रुहरूले सास्ती पाउँदै आएका छन्।

यतिबेला यस सडकमा दिउँसो १२ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरेर सडक स्तरोन्नतिको काम भइरहेको छ। यसरी दिउँसै सवारी आवागमन बन्द गर्दा यात्रु र ढुवानीका सामान बोक्ने सवारीहरू मर्कामा पर्ने गरेका छन्।

यस क्षेत्रमा दर्जन बढी पुल बनिरहेका छन्। त्यसका लागि स्काभेटरले भित्तो काट्ने तथा लडाउने भत्काउने र सम्याउने जस्ता विभिन्न कामहरू भइरहेका छन्छ।

केही पुल बनेर गाडी चल्न थालेको अवस्था छ भने  केही निर्माणाधीन अवस्थामै छन्। केही पुल निर्माण सकिए पनि गाडी चल्न बाँकी छ।

केही तस्वीर झलकहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.