|
प्रतीकात्मक फाइल फोटो

काठमाडौं : प्रहरीले १८ सय ४३ वटा हजारका नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप यादव छन्।

उनलाई प्रहरीले बिहीबार साँझ रौतहटको देवाही गोनाही नगरपालिका-८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली एक हजारको नोट १८ सय ४३ थानसहित पक्राउ गरेको हो।

पक्राउ परेका यादवको साथबाट विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक ३ थानसमेद बरामद भएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.