|

 काठमाडौं : मेलम्चीको पानी माग्दै आज पनि रित्ता भाँडा बोकेर प्रदर्शन भएको छ।

उपत्यकावासीलाई मेलम्चीको पानी वितरण नगरी पानीको हाहाकारको कृत्रिम अवस्था सृजना गरेको भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले पाटन दरबार क्षेत्रमा रित्तो भाँडा लिएर विरोध प्रदर्शन गरेको हो।

मेलम्चीको पानी तुरुन्त खोल् भन्दै नारा लगाउँदै प्रदर्शनकारीले रित्तो भाँडासमेत बोकेर विरोध प्रदर्शन गरेका छन्। मेलम्चीको पानी नियमित नपाएको भन्दै विभिन्न उपत्यकावासीले आन्दोलन गर्दै आएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.