|

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधीनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाएका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधीनतामाथि आँच आउने खालको प्रावधान रहेको उनले बताए।

शनिवार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय विदेश मन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफल समेत नगरेको भन्दै आपत्ति जनाए। 

उनले सत्तारुढ गठबन्धनले मुलुकका स्वाधिनता र स्वतन्त्रतामा मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरु एकताबद्ध हुनुपर्ने बताए। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले सामाजिक सद्भावमाथि आँच पुर्‍याउने काम गरिरहेका दावी गर्दै त्यसलाई जोगाउनका लागि पनि सबैलाई एमालेमा गोलबन्द हुन पनि अनुरोध गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.