|

काठमाडौं : बंगलादेशमा आज आम निर्बाचन हुने भएको छ। स्थानीय समयअनुसार अहिले बिहान ८ बजेबाट सुरु हुने मतदान दिउँसो ४ बजे सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

बर्तमान प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रतिपक्षी दल एवम् पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) निर्बाचन बहिष्कार गरेको छ। बिएनपीले निर्वाचन गराउन कामचलाउ सरकार हुनुपर्ने माग गरेपनि कार्यन्वयनमा आउन सकेन। बीएनपीले चुनावलाई विश्वसनीय बनाउन अवामी लिगले ‘डमी’ उम्मेदवार खडा गरेको दाबी गरेको छ। 

आम निर्बाचनमा ३ सय सिटका लागि करिब २ हजार उम्मेदवार चुनावी मैदानमा छन्। १७ करोड नागरिक मतदानमा सहभागी हुने छन्। निर्वाचन सम्पन्न गराउन करिब आठ लाख प्रहरी, अर्धसैनिक बल र प्रहरी सहायक खटाईएका छन्। 

१२७ विदेशी पर्यवेक्षकले निर्वाचन प्रक्रियामा निगरानी राख्नेछन् । सन् २००९ देखि सत्तामा रहनुभएकी ७६ वर्षीया शेख हसिना बंगलादेशमा लगातार चौथो पटक प्रधानमन्त्री बन्ने दाउमा छन्। मतदान सकिए लगत्तै मतगणना सुरु हुने भएकाले भोलि सम्म प्रारम्भिक नतिजा आउने अपेक्षा गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.