|
बम्जनलाई सार्वजनिक गर्दै सीआइबी ।

काठमाडौं : प्रहरीले पक्राउ गरेका रामबहादुर बम्जनलाई बुधबार सर्लाही लगिने भएको छ। 

२०७६ सालमा सर्लाहीमा एक नाबालिका बलात्कारको आरोप लागेदेखि उनी प्रहरीको खोजीमा रहेका थिए। 

केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले बुधबार पत्रकार सम्मेलन गरी जिल्ला अदालतमा उपस्थित गराउन उनलाई आजै सर्लाही लैजान लागिएको जनाएको छ।

‘२०७६ सालमा सर्लाहीमा नाबालिकामाथि बलात्कारको केशमा खोजी भइरहेको अवस्था थियो।’उनले भने, ‘लामो सयमको प्रयासपछि हिजो बेलुका हामीले पक्राउ गर्न सफल भएका छौं । अदालतमा उपस्थित गराउन आजै उनलाई सर्लाही लैजाँदैछौँ।’ 

सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार उनलाई मंगलबार बेलुकी काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरिएको थियो। 

उनले बम्जन दुई महिनादेखि हात्तीगौंडास्थित आफ्नै निवासमा लुकीछिपी बस्दै आएको बताए। प्रहरी पुगेपछि उनी घरको दुई तलामाथिबाट हाम फालेर भाग्न खोजेको एसएसपी सुवेदीले बताए।  

उनीमाथि विभिन्न आश्रमबाट ४ जना मानिस बेपत्ता बनाएको पनि आरोप छ। चुम्ब भनिने २९ वर्षीय चिनिमाया तामाङ, ३० वर्षीय फूलमाया रुम्बा, ५१ वर्षीय संचलाल वाइबा र ३४ वर्षीय सुरेशकुमार आले हराइरहेको भन्दै खोजीका लागि विभिन्न स्थानमा उजुरी परेको सुवेदीले बताए। 

उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार ५ सय रूपैयाँ नगद बरामद भएको छ। त्यसैगरी १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ, सामानहरूमा मोबाइल १४ थान, पेनड्राइभ २० थान, आईप्याड ५ थान, २ वटा गाडी र ४ वटा मोटरसाइकल बरामद गरिएको सीआइबीले जनाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.