|

काठमाडौं :  प्रहरीले पक्राउ गरेका विवादित तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ। काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नै घरबाट मंगलबार साँझ ७ पक्राउ परेका उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।

प्रहरीको ‘अप्रेशन ब्लु’ सुरु गरी उनलाई पक्राउ गर्न सफल भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का  एसएसपी दिनेश आचार्यका अनुसार उनको साथबाट विभिन्न १७ देशका मुद्रासमेत बरामद गरिएको छ।

जसको नेपाली करिब ३० लाख ९२ हजार रुपैयाँ हुन्छ। त्यस्तै, उनको साथबाट करिब ३ करोड ३ लाख ५५ हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.