|

काठमाडौं : स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ३ तहको मात्र अन्तिम परिणाम आउन बाँकी हुँदा कांग्रेसले दुई र एमालेले एक जिल्लामा एउटा पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख ल्याउन सकेका छैनन्।

दोश्रो चरणको निर्वाचन भएका प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामध्ये कांग्रेसले धनकुटा र रुकुममा तथा एमालेले रुकुम जिल्लामा एक सिट पनि ल्याएन्। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस भक्तपुर, डोल्पा र रुकुममा क्लिन स्विप भएको थियो। पहिलो चरणको निर्वाचनमा एमालेले भने रुकुम र गोरखामा एक सिट पनि ल्याउन सकेको थिएन।

पहिलो चरणमा कांग्रेसले एक सिट नल्याएका जिल्ला डोल्पा, भक्तपुर र रुकुम हो। दोश्रो चरणमा एक सिट पनि नल्याएको जिल्लाहरू धनकुटा र रुकुम हुन्।

कांग्रेसले एउटा मात्र स्थानीय तह जितेका जिल्लाः

तेह्रथुमको लालिगुराँस नगरपालिका, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका, रामेछापको रामेछाप नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका, कास्कीको अन्नपूर्ण गाउँपालिका, कालिकोटको महावै गाउँपालिका र रोल्पाको लुङ्ग्री गाउँपालिका रहेका छन्। 

नेपाली कांग्रेस धेरै स्थानीय तह जितेका जिल्लाः

गोरखा, नवलपरासी र मोरङ (विराटनगरको मत परिणाम आउन बाँकी) मा ९ वटा, नुवाकोटमा ७, बैतडी र बाजुरामा ६/६ वटा तहमा कांग्रेसले जितेको छ। प्रदेश नम्बर ४ मा पर्ने नवलपरासीका ८ तहमध्ये ६ र प्रदेश नम्बर ५ मा पर्ने नवलपरासी ७ मध्ये तीन तहमा कांग्रेसले जितेको छ।

एमाले एउटा पनि स्थानीय तह हात पार्न नसकेका जिल्लाः  

रुकुम र गोरखा जिल्ला

एमालेले एक सिट मात्र ल्याएका जिल्लाः 

मुस्ताङको घरपझोङ गाउँपालिका, मुगुको खत्याड गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका। 

एमालेले धेरै स्थानीय तहमा जितेका जिल्लाः  

बझाङमा ८ वटा, धनकुटा र इलाम जिल्लामा ७/७ वटा स्थानीय तह  

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ७/७ वटा तह जितेका जिल्लाहरू: काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र स्याङ्जामा तहमा विजयी

माओवादीले एक स्थान नजितेका जिल्ला 

पहिलो चरण निर्वाचनमा एक स्थान पनि नआएका जिल्लाहरूः रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, मनाङ, मुस्ताङ, कास्की, स्याङ्जा, म्याग्दी, मुगु र सुर्खेत।

दोश्रो चरणमा एक स्थान पनि नआएका ११ जिल्लाहरूः  झापा, सुनसरी, ताप्लेजुङ, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, कपिलबस्तु, पाल्पा, बाजुरा र बझाङl

माओवादीले बहुमत ल्याएका जिल्ला : रोल्पाका १० मध्ये ७ स्थानमा र रुकुमका ९ मध्ये सबै तहमा विजयी (रुकुममा ६ नम्बर प्रदेशमा पर्ने ६ वटा र ५ नम्वरमा पर्ने ३ वटा गरी ९ वटा स्थानीय तह छन्)।

यो पनि पढ्नुस्ः दोस्रो चरणको चुनावमा एमालेको कहाँ सप्रियो, कहाँ बिग्रियो?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.