|

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन्। गाजामा द्वन्द्व शुरु भएको १०० दिन पुगेपछि उनले तनाव विश्वव्यापी बनेको भन्दै युद्धविरामका लागि पुनः आह्वान गरेका हुन्।

युद्धको १०० दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको उनले बताए। गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदम भए पर्याप्त नभएको भन्दै उनले मानिसलाई आवश्यक परेको मात्रामा राहत उपलब्ध हुन नसकेको दाबी गरे। गुटेरेसले भोकमरीको लामो छायाले गाजाको जनजीवन रोग र शोकको अवस्थामा पुगेको बताए। 

उनले हमासले गरेको हिंसालाई कुनै पनि कुराले न्याय दिन नसक्ने तर्क गरे। गाजाबाट सिर्जित तनाव अन्य क्षेत्रमा फैलिँदै गएको भन्दै उनले तत्काल युद्धविरामका लागि अपिल गरे। ‘गाजामा भएका अत्याचार बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टाइनको वित्तीय संकटलाई जटिल बनाउँदै लगेको छ’, उनले भने, ‘लाल सागर र त्यसभन्दा बाहिर पनि तनाव बढिरहेको छ। त्यसैले चाँडै युद्धविराम गर्न म दुवै पक्षलाई आह्वान गर्छु।

उनले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिन नहुने तर्क गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.