|

काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निकै पुरानो भएकाले काम गर्न सकस भएको बताएका छन्। सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भए पनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको बताए।

आफू फिल्ममा अभिनय थाल्नुभन्दा अघि बनेको ऐन नै अहिले चलिरहेको भन्दै उनले आश्चर्य प्रकट गरेका छन्। उनले चलचित्र निर्माण (निर्माण‚ प्रदर्शन तथा वितरण) ऐन‚ २०२६ प्रति संकेत गर्दै यस्तो बताएका हुन्।

मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

केसीले भने, ‘सबैभन्दा ठूलो कुरा चलचित्रको नीति हो। हामी मैले अभिनय थाल्नुभन्दा अघिको ऐनमा चलिरहेका छौँ। चलचित्र निर्माणका लागि आवश्यक उपकरण हामी ल्याउन सक्दैनौँ। त्यो वातावरण छैन। हामीसँग एउटा स्टुडियो छैन।’

उनले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सके अझ अन्तरराष्ट्रिय स्तरमा नेपाली चलचित्रले प्रतिस्पर्धा गर्नसक्ने बताए।

उनले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहे पनि आफूहरूले यसका लागि पहल गरिरहेको बताए। चलचित्र निर्माणका लागि आवश्यक सामग्री ल्याउने वातावरण नरहेको उनको गुनासो रहेको छ।

केसीले भने, ‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने हाम्रो देशका फिल्महरूले प्रतिस्पर्धा गर्न सक्छन्। विदेशी लगानी ल्याउने प्रावधान छैन। शतप्रतिशत लगानी गर्न नपाए पनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.