|

पोखरा : आहा रारा पोखरा गोल्डकपको २३औं संस्करण मंगलबारदेखि सुरु भएको छ। 

उद्घाटन खेलमा आयोजक सहारा क्लब पराजित भएको छ। आज सहारा क्लबलाई २(१ गोल अन्तरले हराउँदै थ्रीस्टार क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ। थ्रीस्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे। सहाराका आशिष गुरुङले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन्।

अब शनिबार हुने क्वार्टर फाइनलमा थ्रीस्टारले भुटानको पारो एफसीसँग खेल्नेछ। दोस्रो खेलमा आज राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ।

यसैबीच राष्ट्रिय फुटबल खेलाडी आयुष घलान सम्मानित भएका छन्। उनलाई सर्वोत्कृष्ट खेलाडीका रुपमा सहारा क्लब पोखराले आज नगद ५० हजार ५ रुपैयाँसहित सम्मान गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.