|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गरेका छन्।

विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको उनको जिकिर थियो। शनिबार काठमाडौँमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले देशलाई थप क्षति हुन नदिन पनि ठूला राजनीतिक दलहरू मुलुकमा राजासहितको लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आउन सहमत हुनुपर्ने दोहोर्‍याए।

​उनले आफ्नो पार्टीले मुलुकलाई पछि फर्काउने नभई नयाँ बाटोमा अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसका लागि तयार हुन पनि ठूला राजनीतिक दलहरूलाई आग्रह गरे।

अध्यक्ष लिङदेनले भने, ‘१५ वर्षको अभ्यासले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता हाम्रो देशको सन्दर्भमा असफल भएको छ। देशलाई थप क्षति हुन नदिन नयाँ सम्झौताका लागि तयार हुनुपर्‍यो। राप्रपाले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता भएन भनेको हामीले पछाड फर्किऊँ भनेको होइन तर यही बसिराख्न पनि सकिन्न। अब देशले यो धान्न सक्दैन। अब देशलाई नयाँ बाटोमा लैजानुपर्छ। जहाँ अब माओवादीदेखि राजासम्मसँगै रहने व्यवस्था अब हामीले निर्माण गर्नुपर्छ।’

अध्यक्ष लिङदेनले यथास्थितिमा आफूहरू बसिरहने पक्षमा नरहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.