डिफेन्डिङ च्याम्पियन संकटा स्तब्ध

|

काठमाडौँ : त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो। 

संकटालाई ३–० ले पाखा लगाउने क्रममा दिनेश हेमजङले २ तथा  जिलेप्सीजंग कार्कीले १ गोल गरे। खेलमा आर्मीका जिलेप्सीले पहिलो हाफको अन्तिममा सुरुवाती अग्रता गोल गरेका थिए। 

खेलको ४९ औँ मिनेटमा दिनेशले गरेको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो। सो गोल उनले पेनाल्टीमार्फत गरेका थिए। दिनेशले खेलको ७६ औं मिनेटमा अर्को गोल थप्दै अग्रता तेब्बर बनाए।  

आर्मी नवप्रवेशी राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै तथा संकटा बाई पाएर सिधै क्वार्टरफाइनलमा पुगेका थिए। 

आर्मीले अब सेमिफाइनलमा आगामी बिहीबार चर्च ब्वाइज क्लब र एपीएफमध्येको विजेता टोलीसँग खेल्नेछ। चर्च ब्वाइज र एपिएफबीचको खेल मंगलबार हुनेछ। 

पोखरा रंगशालामा सोमबार मनाङ मर्स्याङदी क्लब र जावलाखेल युथ क्लबबीच तेस्रो क्वार्टरफाइनल प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.