|

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा विवाह बन्धनमा बाँधिएका छन्। जयवीरको विवाह गायिका शिवाना श्रेष्ठसँग  आइतबार भएको हो। 

उनको विवाहको विधि देउवा निवास बूढानीलकण्ठमै गरिएको छ।  विवाह पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर क्लबमा आगामी फागुन २ गते हुने छ।

उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसम्मलाई निम्ता गरिएको छ।

यसैबीच विवाह समारोहमा आउँदा फूल माला, खादा र उपहार नल्याउन निम्तालुलाई देउवा परिवारले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.