|

दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाइ आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ। साथै दुई सर्वसाधारण घाइते भएका छन्। 

सिभिल डिफेन्स र मुस्लिम स्काउट एसोसिएसनका आधिकारिक स्रोतले हवाइ हमलाले चार भवन पनि ध्वस्त पारेको छ। गाउँका अन्य घरहरुमा पनि आंशिक रूपमा क्षति पुगेको छ। लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकु विमानहरूले गत २४ घण्टामा सीमा क्षेत्रका लक्ष्यमा २१ आक्रमण गरेको बताए। 

दक्षिणी लेबनानको २५ शहर र गाउँहरूमा धेरै आक्रमण भएको बताए । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली लडाकु विमानहरूले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलहरूको भण्डारण स्थललाई ध्वस्त पारेको छ। 

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इरोन र एविभिमको इजरायली बस्ती र अन्य धेरै इजरायली साइटमा आक्रमण गरेको बताएको छ। हिज्बुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरायल तर्फ दर्जनौँ रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा अक्टोबर ८ देखि तनाव बढेको हो।

हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा लेबनानी पक्षमा २४४ जनाको मृत्यु भएको छ।  मारिनेमा १७६ हिजबुल्लाह सदस्यहरू र ३९ नागरिक छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.