काठमाडौं : बेनिशा शंकरको पहिलो गीत ‘फर्कि आउ साइँला’ सार्वजनिक भएको छ। चार दिनअघि सन्तोष सुनारको अफिसियल युट्यूब पेजबाट सार्वजनिक भएको गीत अहिले ट्रेण्डिङ पाँचमा पुगेको छ।
यो समाचार तयार पार्दा सम्म यो गीतले तीन लाख ६३ हजार ७ सय ८६ भ्युज पाएको छ। गीत परदेशमा गएकालाई गाउँबाट आफ्ना प्रेमी/परिवारलाई सम्झिरहेको र नेपालमै फर्किएपछि यही रमाउने लगायत सेरोफेरोमा छ।
सन्तोष सुनारले शब्द र कम्पोज गरेको गीत होरिजोन रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको हो। गीतमा शिशिर खातीले निर्देशन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
(भिडियाे)
तपाईंको ईमेल गोप्य राखिनेछ ।