|

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेक पदम गिरीले अहिले सुशासनको कुरा गर्ने कुनै ठाउँ नरहेको बताएका छन्। टेरामक्स भ्रष्टाचार प्रकरण कोट्याउँदै एउटा ल्यापटपसमेत ५० हजार लडरमा खरिद गरिएकोमा भन्दै ‘खाने पनि कत्रो मुख हो’ भने। 

टेरामक्स प्रकरणमा मुछिएका बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका पूर्वसंचारमन्त्री मोहनबहादुर बस्नेत र ज्ञानेन्द्र कार्कीप्रति लक्षित गर्दै भने, ‘टेरामक्स्को कुरा उठिरा छ। एउटा ल्यापटमसमेत ५० हजार डलरमा किन्ने भ्याउने, खाने पनि कत्रो मुख हो’, उनले भने, ‘बहालवाला मन्त्री ज्यू, मानीय ज्यूहरू हुनुहुन्छ। अख्तियारले बोलाउँदा बयान दिन नजाने। इतिहासमा फर्केर हेर्दा ०५२÷०५४ तिर प्रधानमन्त्रीलाई बोलाउँदा खेरी मैले नै बनाएको अख्तियार हो। मलाई प्रश्न सोध्ने हैसियत कहाँबाट आयो भनेर भन्थे। आज यही भएको छ।’

सचेतक गिरीले अख्तियारलाई सहयोग गर्ने सरकारको दायित्व हो कि होइन भनेर प्रश्न पनि गरे  । उनको प्रश्न छ, ‘सरकारले कसलाई संरक्षण गर्न खोज्दैछ ? सरकारको नैतिक धरातल कस्तो छ?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.