|

काठमाडौँ : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने निर्धारण हुन जरुरी रहेको बताएका छन्।

बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने निर्धारण हुन जरुरी रहेको बताए। उनले नेताहरूले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भने पनि काम हुन नसकेको बताए। उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्वीजरल्याण्डको रहेको बताए।

देवकोटाले भने, ‘कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री हुने? यसमा सीमा निर्धारण गर्नुपर्छ कि पर्दैन? नेताहरूले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भनेर बोल्ने गरेको म केटाकेटीदेखि नै सुनेको हुँ। तर स्वीजरल्याण्डको राजनीति किन सफा छ? कसरी विकासमा छलाङ मारेको छ? हामीले कहिल्यै मन्थन गरेका छौँ।’

सांसद देवकोटाले नेपालको राजनीतिमा शुद्धिकरण हुन नसकेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.