सूर्य र रिजनको डेब्यू

|

काठमाडौं : नेपाल र क्यानाडाबीच तीन खेलको एक दिवसीय क्रिकेट सिरिज आज सुरु हुँदैछ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे सुरु हुने खेल नेपालको ६० औँ एक दिवसीय प्रतियोगिता हो। नेपाल र क्यानडाले एक दिवसीय मान्यता पाएपछिको पहिलो प्रतियोगिता हो। 

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।  

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन्। सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन्।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी छन्।

क्यानडासँगको सिरिजका लागि नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाईले आकाश चन्द, हेमन्त धामी र रिजन ढकाललाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएका छन्। 

माघ २९ गतेसम्म चल्ने सिरिजमा नेपालले ३ वटा खेल खेल्नेछ। सिरिजमा २७ गते शनिबार दोस्रो तथा २९ गते सोमबार अन्तिम खेल हुनेछ। 

नेपालले आईसीसी विश्वकप लिग टु को पहिलो सिरिजअन्तर्गत फागुन ३ देखि १२ गतेसम्म नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.