|

काठमाडौँ : ललितपुर जिल्लाको इमाडोलस्थित घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ। 

महालक्ष्मी नगरपालिका ४ इमाडोलस्थित घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले थाहाखबरलाई जानकारी दिए। 

उनले मृत्यु हुनेमा ६ वर्षीय बालक र दुई वर्षीया बालिका रहेको बताए। घरको ४ तलाबाट हाम्फालेकी उनीहरुकी आमा भने गम्भीर रहेको पनि उनले बताए। 

यसरी हाम्फाल्ने स्थानीय रविना महर्जन रहेको प्रहरीले जनाएको छ। उनको अहिले किष्ट अस्पतालमा उपचार भइरहेको छ।  

उनी हाम्फालेपछि घरमा दुई बच्चा अचेत भेटिएपछि अस्पताल लगिएको थियो। 

अस्पतालले उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ। घटनाको कारण भने खुलेको छैन। बच्चाको हत्या गरिएको हुनसक्ने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.