|

काठमाडौँ : नामिबिया र नेदरल्याण्ड्सविरुद्ध पर्सि बिहीवार काठमाडौँमा त्रिकोणात्मक शृंखला शुरु हुँदै छ।

शृंखलाका सबै खेल डिशहोमले प्रशारण गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी क्रिकेट विश्व कप

सबै ६ खेल एक्सन स्पोर्टससँगै एक्सन स्पोर्टसको यू-ट्युब र डिशहोमको डिश होम गो एपबाट पनि प्रत्यक्ष प्रशारण हुनेछ।

तीनै टोलीले एकअर्कासँग २/२ खेल खेल्नेछन्।

त्रिकोणात्मक शृंखला सकिएलगत्तै लिग-२ का खेल शुरु हुनेछन्। लिग-२ का पनि सबै खेल डिशहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रशारण गर्ने जनाएको हो।

लिग-२ मा नेपाल नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका सहित ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.