|

बैतडी : बैतडीमा २ किलो चरेससहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महर रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

महरलाई बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट २ किलो चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरलाई झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित पक्राउ गरिएको हो। 

पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.