|

काठमाडौँ : बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा दर्ता भएको मुद्दा बुधवार पनि हेर्दाहेर्दैमा परेको छ।

आजै फैसला सुनाउने तयारी गरेको विशेष अदालत काठमाडौँले फैसला लेख्दालेख्दै रात परेपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले बताए। उनका अनुसार भोलि फैसला सुनाइनेछ।

निरन्तर २२ दिन बहस भएपछि अब मुद्दाको फैसला हुन लागेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध २३ माघ २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी‚ पूर्व सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सहित ११० जनालाई बिगो, कैद र जरिवानाको माग गरिएको छ भने ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई विशेष अदालतमा अभियोग दायर गरिएको थियो।

यही जग्गा प्रकरणमा कीर्ते मुद्दा काठमाडौँ जिल्ला अदालतमा पनि विचाराधीन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.