प्रशिक्षकमा कलाम अली र ज्ञानेन्द्र मल्ल

|

ललितपुर : नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम घोषणा गरेको छ। क्यानडासँगको सिरिजका लागि क्यानले नेपाल ए टिम खडा गरेको हो । 

नेपाल ‘ए’ ले विश्व क्रिकेट लिग-२ को तयारीका लागि नेपाल आइपुगेको क्यानडासँग मैत्रीपूर्ण सिरिज खेल्ने कार्यक्रम छ। 

यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो। सिनियर टोलीसम्म पुग्ने बाटोको रुपमा यो नेपाल ‘ए ’ टिम रहेको छ। ‘ए’ टिममा  प्रधानमन्त्री कप र राष्ट्रिय टोलीमा यसअघि गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको क्यानले जनाएको छ। 

१६ सदस्यीय टोलीमा कप्तान भण्डारीसँगै आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना र मयन यादव  छन्।

यसैगरी टोलीमा परेका अन्य खेलाडीमा प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया छन्। 
 

प्रशिक्षकमा मल्ल र अली

क्यानले नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई जिम्मेवारी दिएको छ।

राष्ट्रिय टोलीको पूर्वकप्तान समेत रहेका मल्लले प्रधानमन्त्री कपमा नेपाल एपीएफ क्लबको प्रशिक्षण सम्हालेका थिए भने अलीले प्रधानमन्त्री कपमा बागमती प्रदेशको टोली सम्हालेका थिए।

मल्लले यसै महिना आइसिसी लेभल २ कोचिङको कोर्स उत्तीर्ण गरेका थिए। यस्तै नेपाल यू-१९ को सहायक प्रशिक्षक समेत रहिसकेका अलीले थुप्रै फ्रेञ्चाइज लिगको टोलीलाई प्रशिक्षण दिएको अनुभव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.