|

काठमाडौं : नेपालले विश्वकप लिग- २ नामिबियासँगको खेलमा ब्याटिङ गरिरहेको छ। र, नेपालले खराब सुरुवात गरेको छ।   

नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भए। उनलाई रुबेन ट्रम्पलम्यान पहिलो बलमै आउट गराए। उनी जेजे स्मिथको बलमा क्याचआउट भए। 

यस्तै अनिल साह ८ रन बनाएर पेभिलियन फर्किए। साह रन आउट हुन पुगे। नेपालले १२ रन बनाउँदा उनी रन आउट हुन पुगे। अहिले क्रिजमा कप्तान रोहित पौडेल र आसिफ शेख छन्।   

रोहित पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन्। आजको खेलमा  आजको खेलमा आसिप शेख र देव खनाल बेन्चमा रहनेछन्।

लिग–२ को २०२४–२७ को सर्कलमा यो पहिलो शृंखला हो। नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ। तीन वर्ष चल्ने लिग २ मा  ८ टोलीले ९–९ शृंखलामा ३६ खेल खेल्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.